FAQs Complain Problems

समाचार

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरु: 

व्यत्तिगत घटना दर्ताका लागि दुबैको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

१. सूचकको नागरिकता प्रमाणपत्र,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
३. विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्धविच्छेद भएको प्रमाणपत्र र कूटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको सक्कल प्रति।
४. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,