FAQs Complain Problems

समाचार

बसाई सराई

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरु: 

व्यत्तिगत घटना दर्ताका लागि प्रत्येक सदस्यको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

बसाई सरेर जाँदा चाहिने कागजातहरू
१. बसाई सराई गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
२. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्म दर्ताको प्रमाणपत्र,
३. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ । 
बसाई सरेर आउँदा चाहिने कागजातहरू
१. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।,
२. बसाई सराई गरेर आउँदा घरमुली वा सूचकको नागरिकता ।

नोटः बसाइँ सराइ गरेर जाँदा (जुन ठाउँबाट जान लागिएको हो) र आउँदा (बस्न लागिएको नयाँ ठाउँ) दुबै ठाउँमा घटना दर्ता गर्नुपर्छ ।