FAQs Complain Problems

‘खुसी नगरबासी, समृद्ध बुद्धभूमि’ नारा सहित निती तथा कार्यकम पारित

कपिलवस्तु ।
“खुसी नगरबासी , समृद्ध बुद्धभूमि” भन्ने नाराका साथ बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को निती तथा कार्यक्रम पारित गरेको छ । गोरुसिंगेमा आयोजित तेस्रो नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठवाट प्रस्तुत निती तथा कार्यक्रम पारित गरिएको हो । नगर सभामा १ सय ८ बुँदे निती तथा कार्यक्रम जारी गरि पारित गरिएको हो । आर्थिक विकासमा २.२ प्रतिशत, सामाजिक विकासमा ४८.४ प्रतिशत, पुर्वाधार विकासमा ३६.३ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १.७ प्रतिशत, संस्थागत विकास तथा मानव शंसाधान तर्फ ०.१ र कार्यालय संचालन तर्फ ११.२ प्रतिशत बजेट विनियोजन गरेको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी दिनुभयो ।
नगर गुरु योजना तयार पार्ने, पर्यटन विकास, दलित, महिला तथा पिछडिएका समुदायको क्षमता विकास, वन तथा वातावरण विकास, कृषिमा पकेट क्षेत्र निर्माण, १५ सैयाको अस्पताल निर्माण र शिक्षामा लगानी गरि समाज परिवर्तन गर्ने खालका कार्यक्रमहरु सभावाट पारित गरिएको छ । अघिल्लो सभामा निर्णय भएका निती तथा कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ । सो अवसरमा नगर संचालनको लागि चाहिने आवश्यक ऐन तथा कार्यविधी समेत पेश गरिएको छ । विधियेक समिति संयोजक खुमानन्द न्यौपानेले सभाा निर्माण व्यवसायि इजाजत पत्र कार्यविधी, एकिकृत सम्पत्ती कर, सहकारी ऐन, राजपत्र प्रकाशन कार्यविधी, उपभोक्ता समिति कार्यविधी लगायतले ७ वटा ऐन तथा कार्यविधी पेश गर्नुभएको छ । सभावाट उक्त ऐन पारित हुने न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरसभा समयमै राखिएकोले आगामी वर्षमा नगरमा विकास काम गर्न सहजहुने र नगर विकासको लागि वास्तविक निती तथा कार्यक्रम वनाएर पारित भएको हुंदा नगर विकास दृत गतिमा हुने विश्वा व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष: