FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको आवेदन

लाग्ने समय: 
सोही दिन,(प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र),सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन 
  बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , 
 साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, 
 सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, 
अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , 
 पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी 
 घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र