बुद्धभूमी नगरपालिकाले मिति २०७५ फागुन ५ गते देखि अपाङ्गता परिचय पत्र वितरणकाे सुरूवात गरेकाे छ । यस कार्यक्रमकाे उदघाटन नगर प्रमुख श्री केशव कुमार श्रेष्ठ, नगर उप प्रमुख श्री मिरा थारू र प्रमुख प्रशासकीय अधिकृत श्री मेघनाथ पाध्याले एक साथ अपाङ्गता परिचय पत्र दिएर सुरूवात गर्नु भयाे थियाे । याे जिल्लाकै पहिलाे अपाङ्गता परिचय पत्र वितरण गर्ने नगरपालिका बनेकाे छ ।