FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको आवेदन

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि-शुल्क
आवश्यक कागजातहरु: 

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।
१. अनुसूची १  बमोजिमको निवेदन,
२. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
३.बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिका साथै आमाको वा आमा नभए संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
४. सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण,
५. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
६. न्यायिक पृथकीकरण गरी बसेको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण,
७. विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस,
८. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,
९. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।